www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको सूचनाः होली मनाउन मापदण्ड अनिवार्य, अत्यावश्यक बाहेक भेला र जमघटमा प्रतिबन्ध

पोखरा,
ताण्डव न्यूज ।

कास्की जिल्ला प्रशासनले जिल्लाभित्र अत्यावश्यक बाहेकका भेला तथा जमघट नर्गन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दिनदिनै बढ्न थालेको भन्दै अनावश्यक सभा समारोह तथा भेला नर्गन अनुरोध गरेको हो ।

Batas

गृह मन्त्रालयले दिएका निर्देशन कास्कीमा पनि पूर्णरुपमा कार्यान्वयन गर्ने भन्दै बैठकले अत्यावश्यक बाहेकका सबै भेला, जमघटमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

विशेषगरी होलिलाई मध्यनजर गर्दै बैठकले होली मनाउदाँ स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने बताएको छ ।
बैठकले सबै किसिमका आवागमन र भेटघाटमा मास्कको अनिवार्य एवम् उचित प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

होटल, रेष्टुरेन्ट, सरकारी तथा गैर सरकारी कार्यालयहरु, शैक्षिक संस्था, व्यवसायिक फर्म एवम् बैंक तथा वित्तिय संस्थाहरुमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी लगायतको मापदण्ड पूर्ण पालन गर्न गराउन अनुरोध गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थय सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी (सहायक प्रमुख जिल्ला अधिकारी) श्रीनाथ पौडेलले जानकारी दिए ।

बैठकमा पोखरा महानगका मेयर मान बहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर अधिकारी क्षेत्री, पश्चिमाञ्चल क्षेत्री अस्पतालका निर्देशक डा अर्जुन आचार्य, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.