www.tandavnews.com
Fact ~ In search of truth

राजन प्रिजेन्टस् खुल्ला फुटसलमा ‘टिम डुङ्गा’ च्याम्पियन

अर्जुन गाहा (सुशान्त),

पोखरा /ताण्डव न्यूज।

पोखरामा सम्पन्न राजन प्रिजेन्टस् ‘प्रथम खुल्ला फुटसल प्रतियोगिताको उपाधि घरेलु टोली टिम डुङ्गाले जितेको छ ।

Batas

पोखरा–४ गणेशटोल स्थित स्पोर्टस क्यासलमा आज (बिहिबार) भएको फाईनल खेलमा ढुकु फुटसल हब काठमाडौंलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै टिम डुङ्गाले उपाधि रक्षा गरेको हो ।

गोलरहित निर्धारित समय सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । डुङ्गाका गोलरक्षक अनिश श्रेष्ठले ट्राईबेकरमा १ गोल बचाउदै टिमलाई च्याम्पियन बनाए । सो खेलबाट श्रेष्ठ म्यान अफ द म्याच घोषित हुदै ५ हजार र ट्रफी प्राप्त गरे ।

उपाधि जितेको टिम डुङ्गाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३ लाख प्राप्त गर्याे । भने उपविजेता बनेको पाहुना टोली ढुकु फुटसल हब काठमाडौले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजार हात पार्याे ।

उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको रुपमा डुङ्गाका अनिश श्रेष्ठ घोषित हुदै ट्रफी र नगद ३५ हजार प्राप्त गरे । यसैगरी उदीयमान खेलाडीका रुपमा फङ्की बिन्सका अविनाश तामाङ ट्रफी र नगद रु १० हजार सहित पुरस्कृत बने । भने अनुशासित टिमको रुपमा स्पोर्टस् क्यासलले शिल्ड प्राप्त गर्याे ।

सोही कार्यक्रमका बिच नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजु काजी शाक्यलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, गोकर्ण श्रेष्ठ, डुङ्गा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङ, पूर्व राष्ट्रिय खेलाडी राजु काजी शाक्य, राजन गुरुङ, ङोय तमुधिका निवर्तमान अध्यक्ष जंग बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस अघि बोल्दै प्रमुख अतिथि सिलवालले स्वस्थ्य रहन खेलकुमको भुमिका महत्वपूण रहने बताए । उनले पोखरामा फुटबलको विकास भैरहेको बताउदै पुरुष सहित महिला फुटसल÷ फुटबल प्रतियोगिता आयोजना गर्न समेत सुझाए । सदस्य सचिव सिलवालले कुनै व्यक्ति तथा निजी संस्थाले नेपालै सर्वाधिक ठुलो उपाधि राशिको प्रतियोगिता आयोजना गरिनु उदाहरणीय कार्य रहेको उल्लेख गर्दै अरुले पनि अनुकरण गर्नुपर्ने धारणा राखेका थिए ।

गत १० गते मंगलबार देखि ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित सञ्चालनमा रहेको उक्त प्रतियोगितामा देशभरका कुल २७ टिमको सहभागिता रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.