www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अलर्ट : ‘पर्यटकीय क्षेत्रमा राति ९ बजेपछि कुनैपनि कार्यक्रम गर्न नपाइने’

पोखरा
ताण्डव न्यूज ।

सरकारले पर्यटन क्षेत्रमा राति ९ बजेपछिका रात्रिकालिन कार्यक्रमहरु बन्द गर्न सुझाव पेश गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष सुझाव पेश गरेको हो ।

आजको बैठकमा पर्यटकीय क्षेत्रहरुमा अनिवार्य स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्नुपर्ने लगायतका सुझाव पेश गरिएको छ ।सुझावमा भनिएको छ पर्यटन क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रीकालीन कार्यक्रममा स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राती ९ बजेपछि रात्रीकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनेछ ।’

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.