पोखरा ।
पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ आबुखैरेनी पोखरा सडकखण्डको स्तरोन्नतिको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । एसियाली विकास बैंक एडीबीको ऋणमा बन्न लागेको यो सडकको स्तरोन्नतिका लागि आयोजनाले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।
गत वर्ष मंसिर ३ मा सडक स्तरोन्नतिका लागि सडक विभागको एडीबी सडक निर्देशनालयले बोलपत्र आह्वान गरेको थियो । गत वर्ष कात्तिकमा एडीबीको यसका लागि २२ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको थियो । सन् २०२५ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गरिने छ ।

सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हुने बताइएको छ। नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा काठमाडौंबाट २ सय किलोमिटरको दूरीमा छ।
विस्तारित सडकमा सुरक्षाका फिचर्स, चेतावनी लाइट सिस्टम जडान हुने एडीबीले जानकारी गराएको छ। मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी–जामुन्ने खण्डको स्तरोन्नतिको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गरिरहेको छ । गत डिसेम्बरमा चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा मुग्लिन–पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाएको थियो ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.