www.tandavnews.com
Fact ~ In search of truth

‘प्रकोप फेरि देखिन खोज्दैछ, सबै सतर्क बनौँ’ : मुख्यमन्त्री गुरुङ

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सतर्क रहन सुझाएका छन् ।

आज कोभिड १९ विरुद्धको खोप लगाएपछि उनले प्रकोप फेरी देखिन खोजेको उल्लेख गर्दै स्वास्थ्यका मापदण्ड पालना गर्न समेत भनेका छन् ।

Batas

मुख्यमन्त्री गुरुङले खोप लगाएको तस्बिर समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै भनेका छन्, ‘मापदण्ड भित्र परेर नै आज कोभिड १९ विरुद्धको खोप लगाइयो । खोप व्यवस्था गर्ने नेपाल सरकारलाई धन्यवाद । कोभिड १९ को प्रकोप फेरि देखिन खोज्दैछ । त्यसैले स्वास्थ्य मापदण्ड पालनामा कुनै कसर बाँकी नराखौं । सबै सतर्क बनौं । स्वस्थ रहौं ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.