www.tandavnews.com
Fact ~ In search of truth

संक्रमित बढेपछि ‘लाहाचोक’मा अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन अनुरोध

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाइरस संक्रमितको संख्या ह्यात्तै बढेपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा स्थानीयलाई घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ । एकैदिन १६ जनामा संक्रमण पुष्टि भएपछि वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।

वडा कार्यालयले सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने सम्बन्धमा फितलो भएको र संक्रमितको संख्या बढेकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

Batas

‘अर्को सूचना जारी नहुँदासम्म वडा नं ४ स्थित अत्यावश्यक सेवा भन्दा बाहिरका संघ,संस्था, पसल, विद्यालय, सरकारी कार्यालय, बन्द गर्ने र सार्वजनिक यातायातका साधन संचालन तथा कुनैपनि किसिमका सभा सम्मेलन भोज भतेर खेलकुद अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्कने आदि कार्यहरुमा रोक लगाइएकोले यस संक्रमणकालिन अवस्थामा वडाबाट जारी भएको निर्देशनलाई पुर्ण रुपमा पालना गरि संक्रमण नियन्त्रण कार्यमा सहयोग गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ’ वडा कार्यालयद्धारा जारी गरिएको सुचनामा उल्लेख छ ।

ताण्डव न्यूजसँग कुरा गर्दै वडा सदस्य शंकर नेपालीले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको विवरण संकलन सुरु गरिएको बताए । ‘१६ जनामा देखिएपछि, उच्च सावधानी अपनाउनुपर्ने देखियो । आजबाट अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरेका छौँ । कार्यालयहरु पाि आज देखि बन्द हुनेछन् । हामीले कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकेका छौँ ।’ उनले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.