www.tandavnews.com
Fact ~ In search of truth

होलीमा कास्की प्रहरीको ‘भिगोरस चेकिङ्ग’ , मुख्य ९ स्थानमा खटिनेछन् अस्थायी मेट्रो युनिट

पोखरा
ताण्डव न्यूज ।

आँगन टेकिसकेको रंगको पर्व होलीलाई लक्षीत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष सुरक्षा योजना बनाएको छ । कास्की प्रहरीले विभिन्न स्थानमा गरेर ६ सय ३५ जना खटिने गरि सुरक्षा योजना बनाएको हो ।

सुरक्षा योजना अन्तर्गत प्रहरीले होलीको दिन आइतबार भिगोरस चेकिङ्ग गर्नेछ । यसको अर्थ कडा चेकिङ्ग हो ।

Batas

पोखराको विभिन्न स्थानमा विहान ११ बजेदेखि दिउसो १, दिउसो ३ देखि ५ र साँझ ७ देखि १० बजेसम्म भिगोरस चेकिङ्ग हुनेछ । यस्तै पोखराका विभिन्न ९ स्थानमा अस्थायी मेट्रो युनिट खटिनेछन् भने २६ वटा मोबाइल युनिट कडाइका साथ लाग्नेछन् ।

बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै प्रहरीले भिडभाड नगर्न समेत आग्रह गरेको छ । यसबारे जिल्ला प्रशासन कार्यालय कास्कीले समेत बिहिबार सूचना जारी गर्दै भिडभाड, जमघट नगर्न उर्दी जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवक्ता तथा डिएसपी सुवास हमालले प्रशासनको निर्देशन कडाइका साथ लागू गरिने बताए । ताण्डव न्यूजसँग कुरा गर्दै डिएसपी हमालले भने ‘प्रशासनले पनि सूचना जारी गरिसकेको छ । कोरोना संक्रमितको संख्या बढिरहेको सन्दर्भमा हामीले पनि सर्वसाधारणलाई घरपरिवारसँग मात्रै होलि मनाउन आग्रह गछौँ । यदि भिडभाड हो-हल्ला, कन्सर्ट, कार्यक्रम गरेको पाइएमा नियन्त्रणमा लिएर कारवाही अघि बढाउँछौँ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.