www.tandavnews.com
Fact ~ In search of truth

सिड्नीमा भएको वक्तृत्वकला प्रतियोगितामा पोखराका भुवन तिमल्सिना तृतीय

पोखरा,
ताण्डव न्यूज ।

अस्ट्रेलियामा पहिलोपटक भएको वक्तृत्वकला प्रतियोगितामा पोखराका भुवन तिमल्सिना तृतीय भएका छन् ।

‘म पनि बोल्छु’ नामक वक्तृत्वकलामा सहभागि १२ प्रतिष्पर्धीलाई उछिन्दै तिमिल्सनाले तृतीय स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा रोशन कडरिया प्रथम र अनिता पौडेल दोस्रो भएका थिए ।

Batas

प्रतियोगितामा प्रथम हुनेले ७ सय अष्ट्रेलियन डलर, प्रमाण पत्र, ट्रफी, मेडल, २५० डलर बराबरको हेयर एण्ड ब्युटी भौचरलगायत उपहार प्राप्त गरे । यसैगरि दोस्रो र तेस्रो हुनेले पनि नगद सहित विभिन्न उपहार पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

विदेशमा रहेका युवाहरुले ‘नेपालमा के कस्तो सीप स्थान्तरण गरेर नेपालमा सहयोग गर्न सक्छन्’ भन्ने विषयमा वक्ताहरुले आफ्नो धारण राखेका थिए ।

वक्तृत्वकला प्रतियोगिताको प्रमुख निर्णायक रुपमा योगी आर्चाय, प्रध्यापक राजन शर्मा (भिमसेन सापकोटा), रञ्जु वाग्ले थापा, अनु रेग्मी, मन केसी र विनोद पौडेल रहेका थिए

‘स्टुडेन्ट भाइब्स’का प्रवन्ध निर्देशक बद्री क्षेत्रीले विजयी प्रतिष्पर्धीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । निर्णायक योगी आचार्यले भोलीको नेपाल निमार्णको लागि विदेशमा रहेका प्रत्येक नेपालीहरुले दत्तचित्त भएर आफुले जानेका ज्ञान, सिप र सम्पत्तीलाई नेपालको विकासमा लगाउन आजैवाट सानो-सानो कुराबाट कामको सुरु गर्नुपर्ने बताए

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.