www.tandavnews.com
Fact ~ In search of truth

होली मनाउँदा सर्तकता अपनाउन र भिडभाड नगर्न सरकारको आग्रह

पोखारा
ताण्डव न्यूज ।

सरकारले होली पर्व मनाउँदा स्वास्थ्य सर्तकता अपनाउन र भिडभाड नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका साहायक प्रवक्ता समिर कुमार अधिकारीले घरमा नै बसेर परिवारका साथमा होली मनानउन आग्रह गरे । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले होली मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । होलीलाई नै मध्यनजर गरी कास्की प्र्रहरीले आज ठाउँठाउँमा भिगोरस चेकिङ (कडा निगरानी) गर्दैछ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।

Batas

प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले ताण्डव न्यूजलाई जानकारी दिए । भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको उनले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.