काठमाडौं
ताण्डव न्यूज ।
बढ्दै गएको वायु प्रदूषणका कारण हवाई उडान समेत प्रभावित हुन थालेको छ । प्रदुषणका कारण कम भिजिविलिटि भएपछि त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थल आज बिहानै कुनैपनि उडान हुन सकेका छैनन् ।
काठमाण्डौमा हाल बाक्लो तुवालो लागिरहेको छ । विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै बनेको छ।

बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।
शुक्रबार दिउँसो उपत्यकामा एक्कासी धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो। त्यसै कारण भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.