www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड, एकैदिन ६२ हजारमा सङ्क्रमण

एजेन्सी ।

भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकैदिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ । हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ८७ हजार ८ सय ४० छ । यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.