www.tandavnews.com
Fact ~ In search of truth

एकै पटक एकसय ५० बढि वनमा डढेलो

नुवाकोट
ताण्डव न्यूज ।

सुख्खायामसँगै नुवाकोट र रसुवाका अधिकांश जङ्गलमा आगलागी भएको छ । कतिपय जङ्गलका आगो गाउँबस्ती नजिकै आएका कारण स्थानीयवासी त्रसित भएका छन् । हाल नुवाकोट र छिमेकी रसुवाको समेत गरी एकसय ५० भन्दा बढि जङ्गलमा आगलागी भएका छन् ।

धेरै स्थानमा एकै पटक आगलागी भएको र दमकललगायतका साधनहरुमा कमी भएका कारण नियन्त्रणमा समस्या भएको छ । १२ स्थानीय तह रहेको नुवाकोटका एकसय भन्दा बढि जङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । प्राय सवैै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको कर्मचारीहरुले वताएका छन् । डिभिजन वन कार्यालयका अनुसार डढेलो लागकेको क्षेत्रमा कर्मचारी तथा सामूदायिक वनका पदाधिकारी परिचालन गरिएका छन् ।

Batas

वन कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार अधिकांश जङ्गलमा गत वर्षको तुलनामा यस वर्ष डढेलोको घटना धेरै गुणाले बढेको छ । उनका अनुसार जिल्लामा हाल सामुदायिक वन ३ सय ७७ रहेका छन् भने निजी वन १५ र धार्मिक वन तीन वटा छन् । यसमध्ये आजसम्म एकसय भन्दा बढि सामुदायिक वनमा डढेलो लागेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.