www.tandavnews.com
Fact ~ In search of truth

होलीको दिन पानी भनि छयाप्दाँ एसिड पर्‍यो, दुई बालक सहित तीन घाईते

काठमाडौं ।

काठमाडौंमा होली खेल्ने क्रममा एसिड पर्दा दुई बालक सहित तीन जना घाईते भएका छन् ।

शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । किशोरीको अनुहार र दुई बालकको हातमा एसिड परेको प्रहरीले जनाएको छ ।

Batas

घटनामा संलग्न आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.