www.tandavnews.com
Fact ~ In search of truth

चीनियाँ खोप ‘भेरोसेल’ नेपाल आइपुग्यो

काठमाडौं ।

चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।

चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरे ।

Batas

उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो (आइतबार) मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो ।

यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ ।

                                                                          खोप हस्तातरण गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी ।

स्वास्थ्यसेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले डब्लुएचओले अनुमति प्राप्त नदिए पनि खोप लगाउन पाइने जानकारी गराए । ‘उत्पादन गरेको सम्बन्धित देशले खोपको प्रयोगका लागि अनुमति दिइसकेर लगाएपछि हामीले पनि उक्त खोप प्रयोग गर्नका लागि कुनै कानूनी बाधा अड्चन आउँदैन’उनले भने, ‘उत्पादन गरेको देश र अन्य देशले पनि लगाइसकेको हुनाले हामीले पनि चाँडै नै यही खोप लगाउँछौ ।’

उनका अनुसार खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिको बारेमा निर्णय गरेर खोप अभियान पुनः सञ्चालन गरिने छ । नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ हजार मात्रा खोप लगाइसकेको छ । बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

यस्तै भारत सिरम इन्स्च्यिुट कम्पनीले उत्पादन गरेको खोप ‘कोभिशिल्ड’ खोपको १० लाख मात्रा खरीद गरेको खोप अझै आइपुगेको छैन । खोप समयमा नै नआएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित गर्नुपरेको थियो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.