www.tandavnews.com
Fact ~ In search of truth

आठ महिनामा १० करोड राजश्व संकलन

बागलुङ ।

यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब १० करोड राजश्व संकलन गरेको छ ।

धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २८८ राजश्व संकलन गरेको छ ।

Batas

सवारी करबाट रु सात करोड, तीन लाख ५६ हजार ९९९ बिलबुक तथा सवारी अनुमति पत्रबाट एक करोड ४८ लाख, १६ हजार ६५५ संकलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पञ्जीकरणबाट दुई लाख ५० हजार ५०० बेरुजुबापत्को १९ हजार चार २८, पटके रुट परमिटमार्फत ४१ लाख ८९ हजार २०० लगायत विभिन्न शीर्षकबाट उक्त राजश्व संकलन भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.