www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Batas

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्व भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

स्व भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। भण्डारीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.