www.tandavnews.com
Fact ~ In search of truth

अकोराव गण्डकी प्रदेश कमिटिको पदस्थापन सम्पन्न

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयनका लागि सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराव गण्डकी प्रदेश कार्यसमिति पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले प्रदेश सरकार मातहतका मन्त्रालयले उपलव्ध गराउने विज्ञापन एकद्वार प्रणालीबाट हुन नसक्दा समान वितरण हुन नसकेको बताए ।

Batas

संकटको समयमा नेपालका रेडियोले खेलेको भूमिका राज्यले विर्षन नहुँने उनको भनाई थियो । कोभिडका कारण समस्यामा परेका रेडियोका लागि लोक कल्याणकारी विज्ञापनको लागि आह्वान गरिएको भन्दै मापदण्ड र प्रकृया पुगेका रेडियोहरुलाई विज्ञापन उपलध गराउने बताए ।

रेडियोका लागि प्रदेशमा स्पष्ट नीति नबन्दा समस्या रहेको र निकट भविष्यमा नै नीति बनाएर अघि बढ्ने उनले बताए । समग्र पत्रकारको वृत्ति विकासका लागि मन्त्रालयले योजना बनाईरहेको मन्त्री चुमानको भनाई थियो ।

सोही अवसरमा बोल्दै सामुदायिक रेडियो प्रसारक संघ अकोरावका केन्द्रिय महासचिव किशोरजंग थापाले राज्यले रेडियोलाई जहिलेपनि उपेक्षा गर्दै आएको बताए । रेडियोहरु सञ्चालन गर्न कठिन भैरहेको अवस्थामा समेत राज्यले रेडियोहरुबाट निशुल्क सेवाको अपेक्षा गरिहेको उनले बताए । राज्यले रेडियोका आम समस्याहरुलाई अभिभावकत्व दिन सक्नुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले व्यवस्था परिवर्तनका लागि आवाज उठाउँदै आएका रेडियोहरुको भूमिकालाई विर्षन नहुँने विचार राखे ।

पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डा। आरसी आमिछानेले अनेक चुनौतीहरु सामना गर्दै रेडियोकर्मीहरुले शुसासनका लागि आवाज उठाईरहेको बताए । उनले राज्यका हरेक तहमा भईरहेका काम बारे प्रश्न गर्ने र नागरिकहरुलाई सूचित गर्ने रेडियोहरुको दिगो व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे ।

ब्रोडकाष्टिङ एसोसियसनका महासचिव दुर्गा अधिकारीले नेपालको भाषा, संस्कृति र स्थानीय आवाजहरुलाई समेट्नमा रेडियोहरुको अहम भूमिका रहेको औँल्याईन् ।

सभाध्यक्षको आशनबाट बोल्दै नवनिर्वाचित अध्यक्ष गणेशकुमार श्रेष्ठले विगतमा हुन बाँकी कामहरुलाई आफ्नको कार्यकालमा पूरा गर्ने बताए । गत फागुन २७ गते भएको निर्वाचनबाट गणेश कुमार श्रेष्ठको अध्यक्षतामा गण्डकी प्रदेश कार्यसमिति निर्वाचित भएको थियो । उपाध्यक्षमा शीतल शर्मा, सचिवमा रोशन तिवारी, कोषाध्यक्षमा शेखर थापालाई चयन भएका थिए ।

त्यस्तै, सदस्यहरुमा हरिशरण पण्डित, शिवकुमार श्रेष्ठ र घनश्याम गौतम चयन भएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.