www.tandavnews.com
Fact ~ In search of truth

वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था भोलि देखि ४ दिन बन्द

काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय ४ दिन बन्द गर्ने भएको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भोली(मंगलबार)देखि ४ दिन देशभरका सम्पूर्ण शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ ।

Batas

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्‍जय शर्माले जानकारी दिए ।

सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ । पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने बैठकले निर्णय गरेको छ ।

चैत २१ गते भने शनिबार परेकाले अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् । प्रदूषण नघटे अरु केही दिन विद्यालय बन्द गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.