www.tandavnews.com
Fact ~ In search of truth

नेता नेपाल र रावल एमालेबाट निलम्बित

काठमाडौं
ताण्डव न्यूज ।

अन्ततः नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टी कारवाहीमा परेका छन् ।

दुबै नेतालाई ६ महिनासम्म पार्टी सदस्य नरहने गरी कारवाही गरिएको सो पार्टीले जनाएको छ । दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन् । पत्रमा नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।

Batas

’तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।

कारबाहीको सूचना पाएपछि नेपाल र रावलले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.