www.tandavnews.com
Fact ~ In search of truth

प्रेस चौतारी कास्कीले श्याम कुँवरको नेतृत्वमा सर्वसम्मतका लागि पहल गर्ने

पोखरा ।

प्रेस चौतारी नेपाल कास्कीले आसन्न नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्व चयनको लागि सर्वसम्मतको प्रयास गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपाल कास्कीको सोमबार भएको कार्यदलको बैठकले चौतारीका नेता विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार श्याम कुँवरको नेतृत्वमा कार्यसमिति बनाउने गरी सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने निर्णय गरेको हो ।

Batas

सर्वसम्मत नेतृत्वको लागि कार्यदलले यसका लागि अन्य संगठन र पत्रकार विच सहकार्य र समन्वयका लागि वार्ता प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपाल कास्कीका संयोजक अर्जुन गिरीले जानकारी दिए ।

सर्वसम्मतको हुन नसकेको खण्डमा प्रेस चौतारी नेपाल कास्कीले आफ्नो गठबन्धनका सहयात्री संगठनसहित प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा जाने निर्णय समेत गरेको संयोजक गिरीले बताए ।

निर्वाचन कार्यसूची अनुसार यहि चैत २५ गते हुने महासंघको निर्वाचनकालागि जिल्लामा २२ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.