www.tandavnews.com
Fact ~ In search of truth

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन महानगरको आग्रह

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले नगरबासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

पछिल्लो समय पोखरासहित देशभर बढेको वायु प्रदुषण स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै महानगरको स्वास्थ्य महाशाखाले सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

Batas

प्रदुषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याको साथै दीर्घकालीन रुपमा मुटु र फोक्सोको समस्या बढ्ने, वायु प्रणालीमा असर पर्ने, बालबालिकाको वृद्धि विकासमा असर गर्ने र क्यान्सरको समस्या समेत आउन सक्छ,त्यसैले प्रदुषणबाट बँच्न सावधानी अपनाऔँ ।’,महाशाखाद्धारा जारी गरिएको सूचनामा भनिएको छ।

 

देशभर देखिएको वायू प्रदुषण र तुवाँलोले तत्कालीन र दीर्घकालिन असर पार्न सक्ने भएकाले सावधानी अपनाउँदै घर बाहिर अनावश्यक ननिस्कन महानगरको आग्रह छ ।

मास्कको प्रयोग अनिवार्य गर्न,सकेसम्म गाडीको कम प्रयोग गर्न, प्रदुषण हुने वैकल्पिक साधनको प्रयोग गर्न, जथाभावी रुपमा आगो बाल्ने, फोहोर जलाउने, डढेलो लगाउने जस्ता कार्य नर्गन,वैकल्पिक उर्जाको प्रयोग गर्न महानगरले सुझाव दिएको छ ।

साथै ज्येष्ठ नागरिक, बालबालिका तथा दीर्घ रोगीको विशेष ख्याल गर्न पनि महानगरले अपिल गरेको छ ।यसैबीच सरकारले आजदेखि शुक्रबारसम्मका लागि ४ दिन देशभरका स्कुल तथा कलेज लगायतका शैक्षिक संस्था बन्द गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.