www.tandavnews.com
Fact ~ In search of truth

‘थारु संस्कृति र प्रकृति’ : २१ तस्वीरमा हेरौँ अमलटारी होमस्टेको आकर्षण

अर्जुन गाहा (सुशान्त),

पोखरा/ ताण्डव न्यूज ।

होमस्टे भन्ने बित्तिकै पारिवारिकमैत्री भन्ने स्पष्ट हुन्छ । पारिवारिक बसाईसँगै अर्गानिक खानाको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । गण्डकी प्रदेशमा दर्जन बढि प्रख्यात होमस्टेहरु छन् ।

Batas

स्याङ्जाको सिरुवारी, कास्कीको ल्वाङ, घान्द्रुक, सिक्लेस, तान्तिङ, तनहुँको हर्षपुर, मिछुर्लुङ र लम्जुङको घलेगाउँ, भुजुङ गाउँ होमस्टेको केन्द्र मान्निछ ।

यीसँगै नवलपुरको कावासोती नगरपालिका १५ बाघखोरमा पनि विगत २०७० सालदेखि ‘अमलटारी मध्यवर्ती होमस्टे’ सञ्चालन हुदै आएको छ । पहाडी क्षेत्रका होमस्टे भन्दा फरक रहेको अमलटारी होमस्टेको विशेष आकर्षण भनेको ‘कल्चर र नेचर’ हो ।

अमलटारी सामुदायिक भवनमा पाहुनाको स्वागत पश्चात बेलुकीपख थारु, मुसहर र बोटे समुदायको संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिन्छ । भने होमस्टेमा थारु समुदायको प्राचिन सभ्यतासँग जोडिएको घोगी र चित्चरको स्वाद मात्रै होईन स्थानिय स्तरमा उत्पादित खाद्यसामाग्रीका स्वादिष्ट परिकारहरु खान पाईन्छ । होमस्टेको बसाईसँगै जंगल सफारी, फिसिङ तथा सामुदायिक जंगलमा पैदलयात्रा समेत गर्न सकिन्छ ।

कुल २० घरधुरीबाट सुरु भएको होमस्टे पछिल्लो समय बृद्धि हुदै ३१ परिवारले सञ्चालन गर्दै आएका छन् ।

२१ तस्विरमा हेरौ अमलटारी मध्यवर्ती होमस्टेको आकर्षण :

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.