www.tandavnews.com
Fact ~ In search of truth

दल विभाजनको निर्णय अदालतले सच्याउनेछ : प्रचण्ड

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग हुन सर्वोच्च अदालतले गरेको फैसला सच्याउने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार फैसला सच्चाउन माग गर्दै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुगेका दाहालले अदालतको दैलोमै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले ग¥यो, त्यो सच्याउनेछ ।’

Batas

नेकपाको नामसम्बन्धि विवादमा परेको मुद्दा गत फागुन २३ गते छिन्ने क्रममा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतासमेत अस्वीकृत गर्दै दुबै पार्टी अलग हुने फैसला सुनाएको थियो ।

अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको टिप्पणी गर्दै दाहालले भने, ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ ।’

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै उनले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गरे ।

निवेदन दर्ता गराउन अध्यक्ष दाहालका साथमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायत सर्वोच्च पुगेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.