www.tandavnews.com
Fact ~ In search of truth

साउन १ गतेबाट भत्ता बढ्छ:प्रधानमन्त्री ओली

व्यंग्य गर्दै भनेः यो सुन्दा अरु मान्छेलाई छटपटी हुने, निद्रा नलाग्ने होला, लाग्दैन भने नलागोस

काठमाडौं,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् ।

ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

Batas

यस्तै ओलीले माधव नेपाल र प्रचण्डलाई व्यक्तिगत संकट परेको भन्दैमा देशलाई नै संकट परेको ठान्न नहुने बताएका छन् ।

नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालप्रति कटाक्ष गर्दै ओलीले देशलाई नभएर नेपाल र प्रचण्डलाई संकट परेको बताउनुभएको हो ।

मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘देशमा संकट पर्या छ रे ?, ‘केपी ओलीलाई संकट पर्या होला, प्रचण्डलाई संकट पर्या होला, माधव नेपाललाई संकट पर्या होला, देशलाई कहाँ पर्यो संकट ?’

दर्शकदिर्घातर्फ प्रश्न गर्दै उनले भने, ‘तपाईंहरूलाई के मा संकट पर्यो भन्नुस् त ? तनखा आएन कि ?, जागिर गयो कि ?, मजदुर, किसान, व्यवस्था, संविधानमा कहाँ संकट पर्यो ?’

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा संकट नपरेको जिकिर गर्दै चुनाव भएर संकट पर्ने हो भने २० महिनापछि देशमा संकट पर्ने हो भन्दै प्रश्न गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.