www.tandavnews.com
Fact ~ In search of truth

चैत्र २४ गते पोखरामा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा ।

कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार वसेको वैठकले आगामि चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव फणिन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।कास्की जिल्ला स्तरीय उक्त प्रतियोगितामा १६ वर्ष मुनि र १६ वर्ष माथिको उमेर समुहमा विभाजन गरी खेल खेलाइने छ भने विजेता दुबै तर्फका प्रथम, दितिय र तृतियलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने तिमिल्सिनाले वताए ।

Batas

बैठकले तुलसीपुर युथ क्लबको आयोजनामा दाङमा हुन गइरहेको टेबलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट सहभागी हुन एक जना अफिसियल र ४ जना खेलाडी छनौट गरेको छ । अफिसियलमा संघका कार्यसमिति सदस्य कृष्ण रानाभाट र खेलाडीहरुमा दिपकराज गिरी, अनिसा गौतम, अंकीता गुरुङ र सुलभ केसी रहेका छन् ।

साथै बैठकले २०७८ सालको क्यालेण्डर प्रकाशनको लागि संयोजकमा कृष्ण रानाभाट र सदस्यमा सुरेश केसीलाई जिम्मेवारी प्रदान गरेको छ । सुरेश केसीलाई बैठकले संघको सल्लाहकारमा नियुक्त गरेको छ ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको थियो भने संचालन सचिव फणिन्द्र तिमिल्सिनाले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.