www.tandavnews.com
Fact ~ In search of truth

बालयौन दुराचार आरोपमा पोखरा-१८ स्थित होमस्टेबाट पक्राउ परे अमेरिकन ‘माइकल नर्मन टेलर’

काठमाडौँ ।

बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।

उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो । उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ ।

Batas

उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.