www.tandavnews.com
Fact ~ In search of truth

बागमती प्रदेशका मुख्मन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

काठमाण्डौं,
ताण्डव न्यूज ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको प्रदेश सभा सदस्य अरुण नेपालले जानकारी दिए । तत्कालीन नेकपाले अविश्वासको प्रस्ताव राखेकोमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएकाले प्रस्ताव फिर्ता लिनुपरेको उनले बताए ।

Batas

तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’ पक्षका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रदेश सभा सदस्य अरुण नेपालसहित माधव नेपाल पक्षका सबै एमाले सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.