www.tandavnews.com
Fact ~ In search of truth

फटन माटेर्स र रिदम मोटर्स विच व्यापारिक सम्झौता

पोखरा ।

नेपालको अर्थोराइज डिलर फटन मोटर नेपालले ई.भि.रिदम मोटर्स प्रा.लि.सँग पोखराको लागि हिजो मंगलबार एक औपचारिक कार्यक्रम मार्फत व्यापारिक सम्झौता गरेको छ।

एमएडब्लु बृद्धि कमर्सियल भेकल प्रालिको तर्फबाट नेटवर्क डेभलपमेन्ट म्यानेजर सुवास फुयाल र ई.भि.रिदम मोटर्सको प्रा.लि.को तर्फबाट सञ्चालक दिपक शर्मा दुवै कम्पनीको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

Batas

नेपालमा करिब ३ वर्ष अगाडिबाट विक्री वितरण सुरु गरेको फटनले सरकारी तथा गैह्रसरकारी क्षेत्रमा आफ्नो स्वामित्व जमाइसकेको कम्पनीको दावी रहेको छ। नेटवर्क डेभलपमेन्ट म्यानेजर सुवास फुयालका अनुसार ‘फुटनका गाडी हरु प्रहरी, आर्मीको भ्यान, माइक्रो, एम्बुलेन्स एवम् स्कुल सरकारीमा समेत प्रयोग गरिएको छ। उहाँहरु फुटनका गाडीबाट सन्तुष्ट हुनुहुन्छ यो खुसीको खबर हो, उनले भने।

न्यूनतम मुल्य ४९ लाख देखि ८५ लाख सम्ममा उपलब्ध फटनका गाडीहरु नेपालमा उपलब्ध रहेको छन्। जसमा टुनाल्ड एस, टुनाल्ड इ, भ्यू सिएसटुएल, भ्यू सिएस टु, एम्बुलेन्स लगायतका प्रिमियम पिकअप र भ्यानहरु छन्।

फुटनका गाडीमा फोल्डेवल सिट, प्रत्येक सिटमा इएलआरसी वेल्ट भएको, स्टाटिक सनरुफ सिस्टम, एमएडब्लु र बृद्धिको जोइनभेचर रहनु यसको विशेषता रहनुका साथै मर्मतसम्भारमा कम खर्चिलो, गाडीमा ३ वर्ष इन्जिन, गियरबक्सको वारेण्टी रहेको र ७० देखि १०० प्रतिशत सम्म फाइनान्सियल सुविधा रहेको फुयालले जानकारी गराएका थिए।

ग्राहकहरुको विश्वासलाई मध्यनजर गर्दै कम्पनीले हरेक दिन गाडीको हरेक दिन रिपोर्टिङ गर्ने, सर्भिसमा ध्यान दिने र फाइनान्स लगायत अन्य सुविधाको लागि हर किसिमका प्रयासहरु निरन्तर गरिरहेको उनले बताएका थिए।

एमएडब्लुको सर्भिस विश्वमा नै एउटा गुड इमेज भएको कम्पनीसँग फुटन जोइन भएको हुँदा ढुक्कसँग खरिद गर्नुहुन ग्राहकलाई उनले अनुरोध गरेका थिए।त्यसैगरी रिदम मोटर्सका सञ्चालक दिपक शर्माले काठमाण्डौंबाट विक्री वितरण गरेको फोर्टनका गाडीहरु गण्डकी प्रदेशमा पनि उच्च माग भएकोले पोखरालाई केन्द्रविन्दु बनाई आधिकारीक विक्रेता बनेको बताए।

औपचारिक कार्यक्रममा बोल्दै,‘फोर्टन गाडीको बजारमा माग बढी हुनु भनेको सस्तो र गुणस्तरीय नै हो। भ्यानमा भने १५ सिट, १६ सिट र १९ सिटेमा उपलब्ध छ। बजारमा पाइने १६ सिटको गाडीको मुल्य बराबर १९ सिटको गाडी फुटनले विक्री गर्दै आएको र सुविधाहरु बढी दिइएको छ। अन्य गाडीको तुलनामा यो भ्यानले नियमित चलाउदा महिनामा ५० देखि ७० हजार बढी आम्दानी गर्छ,” उनले भने।

काठमाण्डौंमा मात्र न भई धनगढीमा समेत राम्रो बजार बनाइसकेको फुटनले पोखरामा पनि राम्रो बजार बनाउन सक्ने भएकोले सवारी लिन इच्छुकले एकपटक रिदम माटर्समा भिजिट गरेर यसको बारेमा सम्पूर्ण जानकारी लिनको लागि अनुरोध गरेका थिए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.