www.tandavnews.com
Fact ~ In search of truth

सरकारको वैधताबारे प्रश्न उठेको छ : माओवादी सचेतक गुरुङ

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले सरकारको वैधता बारे प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै गुरुङले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि दल विभाजित भएको भन्दै सरकारको अवस्थाबारे प्रश्न उठेको दावी गरे ।

सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ,’ उनले भने, ‘दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था छ । संवैधानिक बेन्चले सरकारको अवस्थाबारे संविधानको धारा ७५ (१) को सरकार भएको भनेको थियो । पछिल्लो फैसलाले ७६ (२) आकर्षित गरेको छ । पछिल्लो फैसलाले दल विभाजन गरेको छ।’

Batas

उसो त नेकपा माओबादीले सरकारलाई दिएको सर्मथन अहिलेसम्म पनि फिर्ता लिएको छैन ।उनले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने भन्दै त्यो समय चैत २३ सम्ममात्रै रहेको बताए। ‘सरकारले दल विभाजन भएपछि विश्वासको मत लिनुपर्छ,’ गुरुङले भने, ‘२३ गते त्यसको ३० दिन पुग्छ । चैत २३ गते भित्र विश्वासको मत नलिए सरकारको हैसियत के हुन्छ भन्ने प्रश्न उठ्छ ।’

संसद विघटन गरेपछि सरकार स्वतः काम चलाउ हुने तर्क गर्दै उनले अहिले पनि सरकार काम चलाउ नै रहेको दावी गरे। गुरुङले भने, ‘सर्वोच्चले संसदको पुनःस्थापना गरेको हो, काम चलाउ सरकारको पुनःस्थापना गरेको होइन । सरकार अहिले पनि काम चलाउ हो ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.