www.tandavnews.com
Fact ~ In search of truth

सञ्चारमा नया प्रविधिबारे पोखरामा छलफल

पोखरा,
ताण्डव न्यूज ।

ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल ९बान०ले सञ्चारमा नयाँ प्रविधि र अहिलेको अवस्था विषयक छलफल कार्यक्रम गरेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भएको कार्यक्रममा शहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले सहजीकरण गरेका थिए ।

उनले विपद् परेको वेलामा सूचनाको सबभन्दा ठूलो महत्व हुने बताए । लामिछानेले सञ्चारको क्षेत्रमा आएको नयाँ नयाँ प्रविधिले मानिसलाई दास बनाएको उल्लेख गरे । नागरिक सचेत नभएसम्म कानुन कार्यान्वयन हुन नसक्ने उनको दाबी छ ।

Batas

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सञ्चारको विकासका लागि फड्को मार्ने योजना तथा कार्यक्रम ल्याउन आग्रह गरे । ‘कार्यक्रमका लागि कार्यक्रम भन्दा पनि ठोस तथा मूर्त कार्यक्रम ल्याए मन्त्रालय सहकार्य गर्न तयार छ,’ मन्त्री चुमानले भने, ‘सही तथा राम्रो कार्यक्रम ल्याउन सके सञ्चार क्षेत्रको संरक्षण गर्न सकिन्छ ।’

उनले कोरोनाले मारमा परेका सञ्चार माध्यमलाई सम्बोधन गर्न लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरेको जानकारी दिए । मन्त्री चुमानले सकभर सबै सञ्चार माध्यमलाई बोलाएर विज्ञापन दिएको दाबी गरे । उनले आगामी गण्डकी प्रदेश सभाको बैठकमा आमसञ्चार ऐन पारित गर्ने बताए ।

उनले प्रदेशको रजिस्टार नियुक्ति भएपछि सञ्चार माध्यमको दर्ता नवीकरणदेखि कार्यालय व्यवस्थित हुने उल्लेख गरे । बानका पूर्व अध्यक्ष चन्द्र ढकालले हरेक पालिकाले छुट्टा छुट्टै ऐनभन्दा सबै सञ्चार माध्यमलाई समेट्ने छाता कानुन आवश्यक भएको बताए ।

उनले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधतालाई समेटेर विषय वस्तुलाई समेटेर कार्यक्रम उत्पादन र प्रसारण गरे जनताको मन जित्न सकिने उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, बानका महासचिव दुर्गा अधिकारी, बान गण्डकी प्रदेशका अध्यक्ष किरण लोहनी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मीता अधिकारी, उपप्राध्यापक वेदनिधि तिमिल्सिना लगायतले बोलेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.