www.tandavnews.com
Fact ~ In search of truth

आज पनि वर्षाको सम्भावना: मौसम पूर्वानुमान महाशाखा

काठमाडौं,
ताण्डव न्यूज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि दिउँसोतिर देशका केही स्थानमा वर्षा हुने बताएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज बिहानै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू–भागमा तुवाँलोको मात्रा रहेको महाशाखाले जनाएको छ ।

Batas

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने विभागको अनुमान छ । बाँकी भू– भूभागको मौसम भने सफा रहने छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै राति प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.