www.tandavnews.com
Fact ~ In search of truth

फ्रान्समा ४ हप्ता देशव्यापी लकडाउन

एजेन्सी,
ताण्डव न्यूज ।

फ्रान्समा कोरोना संक्रमणको दर बढेसँगै ४ हप्ताकाका लागि देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले शनिवारदेखि लागू हुने गरी ४ हप्ताका लागि देशव्यापी लकडाउनको घोषणा गरेका हुन । हिजो एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा राष्ट्रपति इम्यानुएलले लकडाउनको क्रममा देशभरका विद्यालय र कार्यालयहरु बन्द रहने तथा अत्यावश्यक सेवाहरु मात्रै सञ्चालनमा रहने बताए ।

Batas

साथै उनले लकडाउनको बेला सार्वजनिक सभालाई पूर्ण रुपले रोक लगाइएको र उचित कारण बिना आफ्नो घरभन्दा १० किलोमिटर परसम्म निस्कन र जान नपाइने पनि प्रस्ट पारे । राष्ट्रपति इम्यानुएलले मुलुकमा कोरोना सङ्क्रमणको दर बढेपनि त्यसलाई नियन्त्रणमा लिनका लागि प्रयासहरु भइरहेको हुनाले आत्तिनु पर्ने अवस्था नरहेको पनि उल्लेख गरे ।

फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण ४६ लाख ४४ हजारभन्दा बढी मानिसहरु सङ्क्रमित भइसकेका छन् भने ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.