www.tandavnews.com
Fact ~ In search of truth

नेपाल भाषा परिषद्को अध्यक्षमा सुवर्ण शाक्य

काठमाडौं ।

नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर कायस्थ, धु्रव मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा साय्मी, विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ छन् ।

Batas

साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो । वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रा. शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनको निर्माण कार्य भारत सरकारको सहयोगमा चाँडै अगाडि बढाउन लागिएको जानकारी दिएका थिए। रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.