www.tandavnews.com
Fact ~ In search of truth

म्यानमार हिंसामा ४३ जना बालबालिकाको मृत्यु

एजेन्सी ।

म्यानमारमा जारी हिंसामा परेर ४३ जना बालबालिकाको मृत्यु भएको छ । गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा ती बालबालिका मारिएको सेभ द चिल्ड्रेनलाई उधृत गर्दै बीबीसीले जनाएको छ । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये कयौंको मृत्यु भइसकेको छ ।

सुरक्षाकर्मीको दमनका कारण घाइते हुनेहरुको सङ्ख्या पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । तर स्थानीयहरुले भने मृत्यु हुने बालबालिकाको सङ्ख्या ५ सय ३६ रहेको दाबी गरेका छन् । यसैबीच सैनिक सरकारले म्यानमारकी नेतृ आङ साङ सूची र उहाँका चार जना सहयोगीलाई विभिन्न मुद्दा लगाएको छ । उक्त मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुने म्यानमारका अधिकारीहरुले जनाएका छन् । सूचीमाथि

Batas

गत वर्षको निर्वाचनमा धाँधली गरेको र गैरकानुनी रुपमा सञ्चार सेटहरु राखेको लगायतका आरोप लगाइएको छ । जारी हिंसा कम नभएको भन्दै म्यानमारको सैनिक नेतृत्वको सर्वत्र आलोचना भइरहेको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघका राजदूतले प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा भएको दमन निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.