www.tandavnews.com
Fact ~ In search of truth

माछा मार्नका लागि बम बनाउने क्रममा विस्फोट हुदाँ घाईते भएका मित्र बहादुरको मत्यु

बागलुङ ।

बागलुङ बम विस्फोटमा परि घाइते भएका युवकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउने क्रममा बिस्फोट भएपछि गम्भीर घाईते भएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका मित्र बहादुर रानालाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Batas

प्रहरीको अनुसार बिस्फोटमा अर्का गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२ हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको छ ।

स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.