www.tandavnews.com
Fact ~ In search of truth

वायूप्रदुषणमा सरकारको मौनता विरुद्ध विद्यार्थीको आक्रोश,सिंहदरबार अघि प्रदर्शन

काठमाडौं।

पछिल्लो केही दिन देखि देशभर वायुप्रदुषण बढ्नाले स्वास्थ्य अवस्थामा निकै जोखिमको अवस्था सिर्जना भयो । प्रदुषणकै कारण सरकारले स्कुल/कलेज लगायतका शैक्षिक संस्था बन्द गर्यो ।

वायू प्रदुषणले जनजिवन नै प्रभावित बनाउँदा सरकार भने मौन बसेको भन्दै युवा विद्यार्थीले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

Batas

डढेलो र वायुप्रदूषणले जनस्वास्थ्य संकटमा परे पनि सरकार मौन बसेको भन्दै विद्यार्थीले सिंहदरबार अघि पुगेर प्रर्दशन गरेका हुन् । उनीहरुले हातमा बिरुवा र वातावरण संरक्षणका सन्देश लेखिएका ब्यानर बोकेर प्रर्दशन गरेका हुन । उनीहरूमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ विश्वकै प्रदूषित सहरमध्ये एक नम्बरमा हुँदा पनि वातावरण मन्त्रालयले सुधारका लागि कुनै दीर्घकालीन योजना नल्याएको भन्दै विद्यार्थीले आक्रोश पोखे ।

उनीहरूले वातावरणीय संकटकाल घोषणा गर्न मागसमेत गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.