www.tandavnews.com
Fact ~ In search of truth

झडपमा परेकी आमा बचाउन छोरीको चित्कार …

पोखरा
ताण्डव न्यूज ।

मासबार डेरा गरि बस्दै आएकी तारा मगरकी आमा दमन्ती मगर यतिबेला अस्पतालको श्यैयामा छिन् । ६८ वर्षिया चरक अस्पतालमा टाउकोमा रगत जमेर उपचारको लागि त्यहाँ पुगेकी हुन् । उनको टाउकोमा रगत यत्तिकै जमेको भने होइन । यहि चैत १४ गते राति डेरामा भएको घटनाका कारण उनको टाउकोमा चोट पुगेको हो ।

चैत १४ को घटना

Batas

चैत १४ गते मध्यरातमा दमन्ती शौचालय निस्किएकी थिइन् । सोही घरमा डेरा गरि बस्ने केशव भुजेल र उज्जवल राई मादिराको नशामा झगडा गरिरहेका थिए । भनाभनपछि ति युवाहरुबिच धकेलाधकेल मुक्कामुक्की सुरु भयो, त्यही बेला दमन्ती शैचालयबाट कोठा जादै थिइन् । सोही क्रममा युवाहरुको झडपमा परि दमन्ती भुइमा बजारिइन्, उनको टाउकोमा चोट लाग्यो ।

छोरी ताराले आमालाई तत्काल मणिपाल अस्पताल पुर्याइन् । मणिपालमा आइसियूको अभाव देखिएपछि आमालाई चरक लगेको तारा बताउँछिन् । ‘आमा ट्वाइलेट गएर फर्किनुभएको थियो । २ जना केटाहरु झगडा गर्दै रहेछन् । एउटा केटाले हान्दा आमा भुइमा पछारिनुभयो । प्रहरीलाई पनि खबर गरेका थियौँ । प्रहरीले आमालाई अस्पताल लैजान भने, हामीले सुरुमा मणिपाल लग्यौँ । आइसियू छैन भनेपछि चरक लिएर गयौँ । ताराले भनिन् ।
इलाका प्रहरी कार्यालय बैदामले दुवै युवालाई पक्राउ गरेर थुनामा राखेको छ ।

बैदाम प्रहरीको कोठा न ४ मा पटक पटक पुगेर उपचार खर्च भराइदिन आग्रह गर्दा सुनुवाई नभएको ताराले बताइन् । ‘अहिलेसम्म थुप्रै खर्च भइसक्यो । हामी ज्याला मजदुरी गरेर खाने मान्छे, उपचारको त्यत्रो पैसा कसरी भर्ने ? उनिहरुले हानेर त्यस्तो भएपछि उपचार पनि उनिहरुले नै गराइदिनु पर्छ नि । बैदाम प्रहरी पुग्दा कोठा नं ४ मा जान भन्नुभयो । कोठा नं ४ को सरले मिलाइदिन्छौँ भन्नुहुन्छ । उता आमा अस्पतालमा हुनुहुन्छ । चिनेजानेका सँग जेनतेन ऋण पनि गर्यौँ । पैसा सकियो , के गर्ने ?’ तारा भक्कानिइन् ।

ताराका अनुसार आमाको उपचारमा ३ लाख बढी खर्च भइसकेको छ । ३ लाख बाहेक ७० हजार ऋण गरेको पैसा पनि सकिइसक्यो । काखे बच्चा बोकेर तारा क्षतिपुर्तिको लागि बैदाम प्रहरी धाएको धाऐ छिन् । तर न्याय पाउन सकेकी छैनन् ।

‘सकेजति पैसा खोज्यौँ । यो सानो बच्चा काखमा बोक्दै हिँडेको छु । पैसा नभएर आमालाई सिफ्ट गर्न पनि पाको छैन । आमा हुन् , मर्न दिन पनि सकिदैन । उपचार गर्दागर्दै पैसा सकियो । अब मेरै अंग बेच्नु बाहेक विकल्प छैन ।’ भक्कानिएकी तारा जोडले रुदैँ सुनाइन् ।

यता वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर बुद्धी सागर पुरीले उक्त युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराइएको जानकारी दिए । उनले भने ‘ तिनिहरुलाई ज्यान मार्नै उद्योगमा मुद्धा दर्ता गराएका छौँ । सुरुमा महिलाको अवस्था चाहिँ सिरियस नै थियो । अहिले सामान्य छ ।

क्षतीपुर्तिको विषयमा थप्दै इन्सपेक्टर पुरिले भने ‘त्यो त अब कानुन अनुसार जाने कुरा हो । अहिलेलाई उहाँहरुले खोजेरै उपचार गराउनुपर्यो । त्यो अनुसार पेश भएको बिल बारे त कानुन अनुसार क्षतीपुर्ति भराउने काम हुन्छ नै ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.