www.tandavnews.com
Fact ~ In search of truth

मुलुकले प्राप्त गरेका उपलब्धी उल्टिने खतरा छ: प्रचण्ड

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक प्रतिगमन तर्फ जान सक्ने खतरा औँल्याएका छन् ।

आज प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश चरम फाँसीवादी निरंकुशतातिर जान सक्ने भन्दै जनमत नै उल्टिन सक्ने डर लागेको बताए । उनले राज्य नै फाँसीवादी बाटोमा लागेको समते बताए ।

मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ,’ प्रचण्डले भने ।

Batas

गत पुस ५ गते संसद विघटन गरेपछि त्यो संकेत देखिएको भन्दै आन्दोलनको बलमा संसद पुनर्स्थापना भएपनि प्रतिगमनकारी षडयन्त्रको अन्त्य भैनसकेको बताए ।

प्रचण्डले नियम, मुल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्वनाको समाना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा माणिकलाल श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताए । उनले प्रतिगमन विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.