www.tandavnews.com
Fact ~ In search of truth

चौतारीले टुङ्ग्यायो पत्रकार महासंघ कास्कीको उम्मेदवार, अध्यक्षमा केशवशरण लामिछाने

पोखरा
ताण्डव न्यूज ।

प्रेस चौतारी कास्कीले आसन्न नेपाल पत्रकार महासंघ कास्कीको लागि उम्मेदवार टुङ्ग्याएको छ । आज बसेको कार्यसमितिको बैठकले महासंघको अध्यक्षमा केशवशरण लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै उपाध्यक्षमा अर्जुन गिरी, महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा र सचिवमा माधव बराललाई उठाउने भएको छ ।कोषाध्यक्षमा एकराज गिरीलाई उम्मेदवार चयन गरेको छ । सहसचिवमा एमबी आस्थामगर र दिपक के श्रेष्ठले उम्मेदवारी दिनेछन् । श्रेष्ठको उम्मेदवारी समावेशी समूहबाट रहेको छ ।

Batas

यसैगरी, सदस्यमा खुल्लातर्फ कन्चन थापा, जीवन सुवेदी, उमा आले, कमल सुवेदी, गिता राना, प्रभु अधिकारी, गौरव त्रीपाठी, युनिस गुरुङ र सुर्य परियारले उम्मेदावरी दिनेछन् । महिला सदस्यतर्फ तारा चापागाई, आदिवासी सदस्यतर्फ खिमा गुरुङ, अल्पसंख्यकतर्फ विनिता खाती र दलित सदस्यतर्फ सुरेश सुनारले उम्मेदवारी दिने समितिले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.