www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा जिप दुर्घटनाः २ जनाको मृत्यु, ७ घाइते

गोरखा ।

गोरखामा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।

बारपाकबाट बालुवा आउँदै गरेको ना ५ च ३२९८ नम्बरको बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा जिप दुर्घटना भएको हो ।

Batas

दुर्घटनामा हुनेमा मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेको प्रहरीले जनाएको छ । उपचारका लागि गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।

घाइतेहरुमा लम्जुङ बेसीशहरका २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिकाका ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनिल मरहट्टा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी र तनहुँ व्यास नगरपालिकाका ३६ वर्षीय सुशील नराल रहेका छन् ।

शनिबार साँझ करिब सात बजे सडकबाट करिब दुई सय मिटर तल खस्दा जिप दुर्घटना भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.