www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा बस्तीमा फैलिएको आगलागीबाट १२० घर जलेर नष्ट

करोडौँको क्षति भएको अनुमान

काठमाडौं ।

अहिले देशका विभिन्न भेगमा यतिबेला डढेलो र आगलागी भईरहेको छ । यसैबीच बाँकेमा हिजो शनिबार लागेको आगलागीबाट १२० घर जलेका छन् । भने आगो निमाउने क्रममा चार जना घाईते भएका छन् ।

बाँकेको नरैनापुरमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो ।आगलागीबाट एक सय २० घर जलेर नष्ट भएका छन् । बाँके जिल्ला प्रहरीको अनुसार आगलागीबाट करोडौंको क्षति भएको अनुमान रहेको छ ।

Batas

जुम्लामा आगलागी हुँदा ३५ घर नष्ट

यस्तै जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, ‘आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।’

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.