www.tandavnews.com
Fact ~ In search of truth

पोखराःहिजो र आज लागूऔषध सहित तीन युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा हिजो र आज लागूऔषध सहित ३ युवक पक्राउ परेका छन् । आज पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट बारा कलैया ५ का २० वर्षीय गोविन्द शाह र सोही ठाउँका २० वर्षीय मनु गिरी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आज साढे ३ बजे उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट ४७ ट्याब्लेट नाईट्रोभ्याट बरामद भएको छ ।यस्तै हिजो राति पौने १० बजेको समयमा लागूऔषध सहित पोखरा १५ टुटुङगा बस्ने वर्ष २६का सोम थापा लागूऔषध सहित पक्राउ परेका छन् ।

Batas

पोखरा महानगरपालिका–३० गगनगौंडा स्थित पावरहाउस प्रहरी चेकिङ टोलिले काठमाडौँबाट पोखरातर्फ आउदै गरेको बा३ख ९११५ नं.को बस चेक गर्ने क्रममा उक्त बसमा सवार सोमको साथबाट फेनारगन १२ एम्पुल,डाईजापाम १४ एम्पुल र नोर्फिन १४ एम्पुल गरी ४० एम्पुल लागुऔषध सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.