www.tandavnews.com
Fact ~ In search of truth

अब एसिड किन्न अनिवार्य गृहको स्वीकृति लिनुपर्ने

काठमाडौं ।

सरकारले एसिड खरिद बिक्रीमा कडाई गरेको छ ।

एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको हो । अब एसिड किन्नका लागि गृहको स्वीकृति लिनुपर्ने नेपाल सरकारले जनाएको छ ।

Batas

एसिड खरिद गर्न चाहने उद्योगी, व्यवसायीले खरिदको उद्देश्य र आफूलाई चाहिएको मात्रा उल्लेख गरी गृह मन्त्रालयमा निवेदन दिनुपर्ने छ । गृह मन्त्रालयले जरुरी सूचना जारी गर्दै एसिड खरिद–बिक्रीमा कडा प्रावधान राखिएको जानकारी दिएको हो।

कानुनबमोजिम दर्ता वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्नुपरे मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.