www.tandavnews.com
Fact ~ In search of truth

अर्जुनलाई उपाध्यक्षमा जिताउन रञ्जनको उम्मेद्वारी फिर्ता

पोखरा ।

आसन्न नेपाल पत्रकार महासंघ कास्कीको निर्वाचनमा उपाध्यक्ष पदमा अर्जुन गिरीलाई समर्थनसहित युवा पत्रकार रञ्जन अधिकारीले आफ्नो मनोनयन पत्र फिर्ता लिएका छन् । सोमबार मनोनयन पत्र फिर्ता गरी उपाध्यक्षमा सम्पूर्ण समर्थन जनाउने घोषणा पत्रकार अधिकारीले गरेका हुन् ।

उपाध्यक्ष पदका लागि अर्जुन गिरी, रञ्जन अधिकारी र रामप्रसाद तिमिल्सिनाको आइतबार मनोनयन परेको थियो । पत्रकार अधिकारीले मनोनयन फिर्ता लिएसँगै उपाध्यक्ष पदका लागि अर्जुन गिरी र रामप्रसाद तिमिल्सिना बीच प्रतिस्पर्धा हुने छ ।

Batas

निर्वाचन आउँदो चैत २५ गते हुँदै छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.