www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा कप : डिफेण्डिङ च्याम्पियन मनाङमाथी संकटाको सघर्षपूर्ण जीत

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकपबाट डिफेण्डिङ च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबमाथी संकटा क्लबले सँघर्षपूर्ण जीत निकालेको छ ।

पोखरा रङ्गशालामा आज (सोमबार) भएको प्रिक्वाटरफाईनल खेलमा संकटा क्लबले १–० गोल अन्तरले पराजिद गर्दै मनाङ मस्र्याङ्दी स्तब्ध भएको हो । यो जीतसँगै संकटा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

Batas

संकटाको जीतमा फोफो मालेको गोल नै निर्णायक बन्यो । सुवास गुरुङको क्रस बललाई हेडिङ गरेपश्चात पुनः मौका पाएका फोफोले खेलको ४४ औं मिनेटमा सहज गोल गरेका थिए ।

यता मनाङले पनि पाएको राम्रो मौकाको सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट बाहिरियो । पहिलो हाफमा अन्जन विष्टको क्रस बलललाई विमल रानाले प्रहार गर्दा संकटाका गोलरक्षक राजाबाबु मगरलाई कुनै असर गरेन । रानाले प्रहार गरेको बललाई राजाबाबुले सहजै पन्चिङ गरिदिए र रिबन्ड भयो । फेरी मौका पाएका रानाले उक्त बललाई सहि दिशा दिन नसक्दा मनाङले खेलमा फर्किने मौका चुकायो ।

त्यस्तै दोस्रो हाफमा समेत अन्जन विष्टले पाएको अर्काे वान भर्सेस वान बलको पनि संकटाका गोल रक्षक राजाबाबु मगरनै बाधक बनिदिए । मगरले उत्कृष्ट बचाउ गरेपछि मनाङलाई थप दवाब सिर्जना भएको थियो । मनाङका खेलाडीहरु क्रमश गोलको खोजीमा रहेपनि संकटाका खेलाडीहरुले प्रहारलाई विफल बनाउदै संकटाले जीत निकाल्यो । उक्त खेलबाट गोलकर्ता फोफोमाले म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाईनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्न सहारा क्लबका अध्यक्ष केशव थापामगरले जानकारी दिए । उनका अनुसार यसअघि आयोजकलाई हराउदै एपीएफ क्लब र लिग च्याम्पियन मछिन्द्र क्लबलाई पराजित गर्दै अफ्रिकन रुट सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । भने उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.