www.tandavnews.com
Fact ~ In search of truth

घार्मीको भुमेश्वर आधारभुत विद्यालयलाई स्वास्थ्य तथा शैक्षिक सामाग्री हस्तान्तरण

कास्की ।

कपडा व्यवसायी एशोसियसन कास्कीले २५ औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं.१९ घार्मी स्थित भुमेश्वर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य तथा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नं.१९ का अध्यक्ष शोभामोहन पौडेलको उपस्थितीमा सो सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले जनाकारी दिए । पोखरा महानगरको ग्रामिण क्षेत्रमा रहेको सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठन सहयोगार्थ संस्थाले सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

Batas

सो अवसरमा माक्स, सेनिटाईजर, फेसशिल्ड र विभिन्न शैक्षिक सामाग्रीहरु विद्यालयका प्रध्यानाध्यापक दुर्गाप्रसाद पौडेललाई संस्थाका अध्यक्ष तिमिल्सीना लगायतले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा अध्यक्ष शोभामोहन पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय पौडेल, संस्थापक अध्यक्ष रामजी प्रसाद बाँस्तोला, पुर्वअध्यक्ष प्रेम बहादुर भुजेल, पोखरा उद्योग वाणीज्य कार्यसमिति सदस्य एंव संस्थाका पुर्व अध्यक्ष यामनाथ तिमिल्सीनाले बोलेका थिए ।

माक्स, सेनिटाईजर र फेसशिल्ड संस्थाका उपाध्यक्ष एंव कार्यक्रमका संयोजक लेखनाथ पौडेल र शैक्षिक सामाग्री संस्थाका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीना, चोक बहादुर गुरुङ, पोषराज पौडेल र रजनी चापागाँईले सौजन्य गरेका थिए ।

संस्थाका अध्यक्ष तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रध्यानाध्यापक दुर्गा प्रसाद पौडेल र संचालन संस्थाका महासचिव धर्ममानसिहं भण्डारीले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.