www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार महासंघ चुनाव: नयाँ नेतृत्वको लागि मतदान आज

कास्कीमा २२ पदका लागि ४६ जनाले प्रतिष्पर्धा गर्दै

काठमाडौं ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

Batas

महासंघको ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकीले पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका छन् ।

गण्डकीमा श्रेष्ठ र शर्माको प्यानलबीच प्रतिष्पर्धा

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका लागि दीपेन्द्र श्रेष्ठ र नारायण शर्मा प्यानलबी प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदमा प्रेस चौतारीको तर्फबाट श्रेष्ठ, प्रेस यूनियनको तर्फबाट शर्मा रहेका छन् । दुवै प्यानल जितको अपेक्षामा छन् ।

उपाध्यक्ष खुल्लामा प्रेस चौैतारीका इन्द्रप्रसाद पौडेल, प्रेस सेन्टरका तर्फबाट दीपक भटराई र महिला उपाध्यक्षमा प्रेस चौतारीबाट शान्ति गुरूङ र सोनी शर्मा चुनावी मैदानमा छन्।

त्यस्तै, महासचिवमा गोविन्द सुवेदी र दिल शिरिषको उम्मेदवारी परेको छ। दुवै जना प्रेस चौतारी निकट भएपनि सुवेदी माधव नेपाल समुहका हुन भने शिरिष केपी ओली समुहका हुन्।

त्यस्तै खुल्ला सचिवमा प्रेस यूनियनका ऋषिकान्त पौडेल, प्रेस चौतारीका प्रकाशचन्द्र भटराई र प्रेस यूनियनकै यदुनाथ बञ्जराले उम्मेदवारी दिएका छन्।

समावेशी सचिवमा प्रेस चौतारीका रुद्र श्रीसमगर र प्रेस यूनियनका सुशीलबाबु श्रेष्ठको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा प्रेस सेन्टरका राजेन्द्र न्यौपाने, प्रेस चौतारीका शालिकराम कोइराला र स्वतन्त्रबाट सागरराज तिमिल्सिनाले प्रतिष्पर्धा गर्दैछन्

प्रदेशको खुल्ला सदस्यमा कृष्ण कँडेल, ताराप्रसाद शमाए, थम्मन थापा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणी बराल, माधवप्रसाद अधिकारी, माधव पराजुली, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार, सुनिल पाण्डे र सुर्यप्रसाद बास्तोलाले उम्मेदवारी दिएका छन्।

यस्तै सदस्य महिलामा कविता श्रेष्ठ, रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनी गुरूङ, स्मिता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। सदस्य दलितमा रविना बोहरा र साने बहादुर नेपाली(कोइराला)को उम्मेदवारी परेको छ।

सदस्य आदिबासी जनजातीमा जनक श्रेष्ठ, विनाकुमारी थापा(विनु), रामजी राना, रुद्रबहादुर थापाको उम्मेदारी परेको निर्वाचन समितिले जनाएको छ । अल्पसंख्यक तर्फ पदम छन्त्याल र श्रीकान्त सापकोटाको उम्मेदवारी परेको छ भने मधेशी कोटामा उम्मेदवारी परेको छैन्।

कास्कीः२२ पदका लागि ४६ उम्मेदवारी

कास्कीमा २२ पदका लागि ४६ जनाको उम्मेद्धवारी परेको छ । अध्यक्षमा बिमला भण्डारी र केशव शरण लामिछाने प्रतिष्पर्धा रहेका छन्। भने उपाध्यक्ष पदमा अर्जुन गिरी र रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा र रविना आलेको उम्मेदवारी परेको छ।

यस्तै सचिव पदमा माधव बराल र दीपक परियार, समावेशी सहसचिवमा दीपककुमार श्रेष्ठ र रेम बहादुर विक, सहसचिवमा मानबहादुर घर्ती (एमवी आस्था) र श्रीराम सिग्देलको उम्मेदवारी परेको छ।

यस्तै कोषाध्यक्षमा एकराज गिरी, ओमप्रकाश उपाध्याय र कृष्ण दवाडी, आदिवासी जनजाति सदस्यमा खीमाकुमारी गुरुङ र पदम श्रेष्ठ, अन्य समावेशी सदस्य पदका लागि जैनव खातुन र सूर्यबहादुर परियारले उम्मेदवारी दिएका छन्।

यसैगरी, खुला कार्यसमिति सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ । जसमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धनबहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीमबहादुर थापा ,भेषराज सुवेदी (जीवन सुवेदी), रोहितराज पराजुली, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरुङ र हरि पन्त रहेका छन्।

यस्तै राष्टिय परिषद सदस्यमा १४ जना र प्रदेश परिषद सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.