www.tandavnews.com
Fact ~ In search of truth

राइस कुकुरभित्र लुकाएर ल्याएको १ किलो सुन सहित विमानस्थलबाट एक पक्राउ

काठमाडौं ।

राईस कुकुरभित्र लुकाएर ल्याएको १ किलो सुनसहित एक एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका प्रकाश महरा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका महराले ल्याएको राइसकुकरको तौल बढी देखिएपछि खोलेर हेर्दा उनले सुन लुकाएर ल्याएका थिए । महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।

Batas

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला रहेको थियो।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.