www.tandavnews.com
Fact ~ In search of truth

सुलभ दरमा गुणस्तरीय सेवा सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदै

पोखरा ।

उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्येश्य सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदैछ । शिव शिखर बहुउद्येश्यि सहकारी संस्थाद्वारा सञ्चालित उक्त डिपार्टमेण्ट स्टोर पोखराको पस्र्याङमा आउँदो शनिबारदेखि शुरु हुन लागेको हो । संस्थाको यो छैठौं शाखा हो ।

३ करोड लगानीमा शुरु हुन लागेको डिपार्टमेण्ट स्टोरमा ग्रोसरी, लिक्वेर, किचन, कपडा, जुत्ता, इलेक्ट्रोनिक्स आइटम लगायत रहने छ । स्टोरले स्वदेशी उत्पादनलाइपनि प्राथमिकतामा राख्ने जनाइएको छ । डिपार्टमेण्ट स्टोरमा सबैखाले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सरल तरिकाले उपलब्ध गराउँदै मिनि सुपर मार्केटको कन्सेप्टमा अघि बढाइने सहकारीका पोखराका म्यानेजर रमेश न्यौपानेले जानकारी दिए । स्टोरको आफ्नैं एप्स मार्फत डिपार्टमेण्ट स्टोरमा उपलब्ध सामग्रीका बारेमा उपभोक्ताहरुले जानकारी लिन सक्नेछन् ।

Batas

हाल सहकारी संस्थामा २३ तथा डिपार्टमेण्ट स्टोरमा २१ गरि ४४ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कोरोना संक्रमणका कारण नेपालमा धेरैले रोजगारी गुमाएको अवस्थामा संस्थाले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको प्रवन्ध मिलाएर आफ्नैं देशमा बस्ने वातावरण श्रृजना गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

यसअघि भक्तपुर, डडेल्धुरा, दाङको तुल्सीपुर, हेटौंडा र सुर्खेतमा डिपार्टमेण्ट स्टोर खुलिसकेको छ । संस्थाले छिट्टनै बाग्लुङमा पनि अर्को शाखा शुरु गर्ने जनाएको छ । त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरिने जनाइएको छ । एक वर्ष भित्र पोखराका विभिन्न स्थानमा ४ शाखा खोलिने पनि म्यानेजर न्यौपानेले बताए । नयांँ वर्षसँगै सुरु हुन लागेको स्टोर्सले विभिन्न अफरहरु समेत राखेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.