www.tandavnews.com
Fact ~ In search of truth

पुलिसलाई हराउदै अफ्रिकन रुट फाईनलमा, उपाधिका लागि शनिबार संकटासँग भिड्ने

पोखरा,

ताण्डव न्यूज ।

पाहुना टोली अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

Batas

पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकन रुटको यात्रालाई उपाधि नजिक पुर्याउन बासेक र मौस्साले एक एक गोलको योगदान दिए । पहिलो हाफको तेस्रो मिनेटमै बासेकले गोल गर्दै अफ्रिकन रुटलाई अग्रता दिलाए ।

केही समय रुटले पुलिस क्लबलाई दबावमा राखेपनि पुलिसले सम्हाल्दै १ गोलमै रोकेको थियो । पुलिसले पनि गोल गर्ने मौका पाएको थियो । तर मौकालाई सदुपयोग गर्न नसक्दा सेमिफाईनलबाटै बाहिरियो ।

अफ्रिकन रुटको लागि खेलको इन्जुरी समयमा मौस्साले दोस्रो गोल गर्दै २–० को गोल अन्तरले जीत दिलाए ।सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाका अनुसार उक्त खेलबाट मौसा म्यान अफ दि म्याच घोषित भए ।

उनका अनुसार पहिलो पटक सहभागिता जनाएको अफ्रिकन रुट पहिलो पटक नै फाइनल पुगेको हो । अब उपाधिका लागि अफ्रिकन रुटले आगामी शनिबार (२८ गते) दिउँसो २ बजे संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअधि संकटा क्लबले एपीएफलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.